arin enterprises

आज र भोलि भिटामिन र जुकाको औषधि खुवाईंदै

SamacharDesk | २०८१ बैशाख ६, बिहिबार

विहीबार र शुक्रबार पाँच वर्षमुनिका बालबालिकाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदै छ ।

विभागका अनुसार करिब ३२ लाखलाई भिटामिन ए र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको छ । विभागले हरेक वडा तथा स्वास्थ्य चौकीहरुमा स्वयंसेविकाहरुबाट भिटामिन  र जुकाको औषधि खुवाउने हुनाले आपूmलाई पायक पर्ने स्थानमा गई औषधि खुवाउन अनुरोध गरेको छ ।

जसका लागि स्वास्थ्य विभागले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटाइएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले हरेक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।

भिटामिन र जुकाको औषधिले स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

Categorized in राष्ट्रिय