arin enterprises

मतदाताहरुको अन्तिम नामावली सार्वजनिक

SamacharDesk | २०७८ चैत्र १४, सोमबार

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले हिजो अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको विवरणअनुसार कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ रहेका छन् ।

कूल मतदातामध्ये पुरुषको संख्या बढी छ । आयोगका अनुसार पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला मतदाता ८७ लाख ४१ हजार ५३० रहेका छन् । यस्तै, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १८३ जना मतदाता छन् । आयोगले २०७४ सालको स्थानीय निर्वाचनमा भन्दा यस पटक ३६ लाख ६१ हजार १९९ जना नयाँ मतदाता थपिएको जनाएको छ ।

यसपटक सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना र सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेका छन् । मतदाता नामावलीमा नाम समावेश भएर निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुगेकाहरुले यसपटकको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।आयोगले ७५३ स्थानीय तहका लागि १० हजार ७५३ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको जनाएको छ ।

Categorized in राष्ट्रिय