प्रधानमन्त्री र सचिव वाङबीच भेटवार्ता
SamacharDesk | २०८० कार्तिक २३, बिहिबार
पाँच दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले आज प्रधानमन्त्री पुष्पकमल दाहाललले भेट गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ ।
वाङको टोली हिजोदेखि नेपाल भ्रमणमा रहेको छ । नेपाल भ्रमणमा आएदेखि भ्रमण टोली उच्चस्तरीय भेटघाटमा व्यस्त रहेका छन् ।
हिजो वाङले उपराष्ट्रपति रामसहाय यादवसँगको शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा वाङले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै भेटमा उहाँहरूबिच चिनियाँ परराष्ट्रमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य महामहिम वाङ यी तथा युन्नान प्रान्तका अन्य नेतासँगको भेटमा हामीले व्यापार प्रवर्धन, लगानी, पर्यटन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य सुदृढ गर्नेलगायतका आपसी हितका विषयमा छलफल भएको थियो ।
वाङ भोलि पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्नुका साथै चीन–नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।
भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने बताइएको छ ।
Categorized in राष्ट्रिय