वडाध्यक्ष महर्जनको चार वटा गीत एकैपटक सार्वजनिक
SamacharDesk – बिराज | २०८१ आश्विन २२, मंगलबार

काठमाडौं महानगरपालिका १८ वडाका वडाध्यक्ष साथै कलाकार, साहित्यकार न्हुछेँकाजी महर्जनबाट रचित ४ वटा गीतहरुको म्यूजिक भिडियो एक साथ सार्वजनिक भएको छ ।
वडाध्यक्ष महर्जनबाट रचित नेपालभाषाका गीतहरु ‘मतिनाया सर्गतय्’, ‘गुँया कापिइ हायाच्वंगु’, ‘छंगु मतिना’ र ‘मांया यःम्ह मचा’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
गत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यले उक्त गीतका म्यूजिक भिडियोहरु सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य श्रेष्ठले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण सम्वर्द्धन र प्रवर्द्धनमा १८ वडाले चालिरहेको कदमको प्रशंसा गरे ।
सार्वजनिक गरिएको गीतमध्ये ‘मतिनाया सर्गतय्’ मा कोरीयोग्राफी र निर्देशन सुरज नापितको रहेको छ ।
अनुज शाक्य र हसना महर्जनको मुख्य भूमिका रहेको गीतको छायाङ्कन र दृश्य सम्पादन सोहन मानन्धरको रहेको छ ।
मनराजा नकर्मीको संगीतमा रोजी श्रेष्ठ डंगोलले आवाज दिएकी छन् ।
लोक लयमा आधारित रहेको युगल गीत ‘छंगु मतिना’ मा सानुबाबु महर्जन र निशा देसारले स्वर दिएका छन् ।
म्यूजिक भिडियोको निर्देशन पवन जोशीले गरेका छन् । यस गीतमा पनि रुक्साना महर्जनको साथमा वडाध्यक्ष महर्जनले अभिनय गरेका छन् ।
छायाङ्कन र दृश्य सम्पादन सोहन मानन्धरको रहेको छ ।
त्यसैगरी अनिल तुलाधरको संगीतमा चर्चित गायक संजीप प्रधानबाट गाइएको गीत ‘गुँया कापिइ हायाच्वंगु’ को निर्देशन पवन जोशीले गरेका छन् ।
म्यूजिक भिडियोमा सपना डंगोलको साथमा रचनाकार वडाध्यक्ष महर्जन आफैंले पनि अभिनय गरेका छन् ।
छायाङ्कन र दृश्य सम्पादन सोहन मानन्धरकै रहेको छ ।
अनिल तुलाधरबाट संगीतबद्ध ‘मांया यःम्ह मचा’ पनि युगल गीत नै रहेको छ । यस गीतमा किशोर कुमार शाही र शुद्धलक्ष्मी श्रेष्ठको स्वर रहेको छ ।
म्यूजिक भिडियोको छायाङ्कन विजय सिंहले गरेका छन् भने दृश्य सम्पादन सोहन मानन्धरले गरेका छन् ।
यो गीतको म्यूजिक भिडियोमा कल्पनामा आधारित कुनै कथावस्तु नभई नेवाः परम्परा अनुसार गरिने एकजना बालकको अन्नप्राशनको वास्तविक भिडियोबाटै म्यूजिक भिडियो बनाइएको जानकारी रचनाकार साथै वडाध्यक्ष महर्जनले दिए ।
चारवटा गीतहरुमध्ये ‘मतिनाया सर्गतय्’ र ‘छंगु मतिना’ संसार्स अनालाइन टिभि युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ ।
संजीप प्रधानबाट गाइएको ‘गुँया कापिइ हायाच्वंगु’ आज (मंगलबार) साँझ ५ः१५ बजे संसार्स अनलाइन युट्युब च्यानलमै प्रिमियर हुँदैछ भने ‘मांया यःम्ह मचा’ आउँदो बिहिवार सार्वजनिक हुने संसार्स क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनले बताए ।
Categorized in पेजथ्री