वडाध्यक्ष श्रेष्ठलाई मातृशोक
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ ७, आइतबार

ललितपुर महानगरपालिका वडा ५ का वडाध्यक्ष विकास मान श्रेष्ठलाई मातृशोक परेको छ । वडाध्यक्ष श्रेष्ठकी माता सरस्वती (सानुनानी) श्रेष्ठको ८६ वषएको उमेरमा निधन भएको छ ।
वडाध्यक्ष श्रेष्ठकी माता सरस्वतीको गत माघ ३ गते बुधबारका दिन ललितपुर थसिखेलस्थित घरमै निधन भएको हो । स्वास्थ्य अवस्था सामान्य नै रहेकोमा हृदयघात भई अचानक उनको निधन भएको हो ।
उनको अन्त्येष्टि बुधवार नै पशुपति आर्यघाटमा भएको छ । उनलाई उनका कान्छा पुत्र विकासमान श्रेष्ठले दागबत्ती दिए ।
स्वर्गीय सरस्वती श्रेष्ठ मधुमेह र उच्च रक्तचाप रोगबाट पिडित थिइन् । केही वर्ष अगाडीबाट उनले मधुमेह र रक्तचापको औषधी सेवन गर्दै आएकी थिइन् ।
उनका दुई छोरा र दुई छोरी छन् ।
Categorized in समाज