arin enterprises

वार्नरद्वारा सन्यास घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष १६, सोमबार

अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय क्रिकेटबाट पनि सन्यासको घोषणा गरेका छन् । अहमदाबादमा भारतविरुद्धको विश्वकप फाइनल उनको अन्तिम एकदिवसीय थियो ।

' म पक्कै पनि एकदिवसीय क्रिकेटबाट सन्यास लिँदैछु। यो कुरा मैले विश्वकपमा भनेको थिएँ ’ उनले  भने । हाल वार्नरले आफ्नो अन्तिम टेस्ट सिरिज खेलिरहेका छन् ।

तर यदि अस्ट्रेलियाले आफ्नो आवश्यकता महसुस गरेमा २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने उनले ढोका खुला राखेका छन् ।

एकदिवसीय विश्वकपपछि वार्नरले २०२७ सम्म धकेल्ने संकेत दिएका पनि उनी त्यतिबेलासम्म ४१ वर्षको भइसकेका हुनेछन् । त्यसैले उनले एकदिवसीय खेलबाट संन्न्यास लिएको विश्वास गरिएको छ ।

उनले एकदिवसीय खेलमा २२ शतक सहित ४५.३० को औषतमा ६९३२ रन बनाका छन् ।

उनी पुरुष एकदिवसीयमा अस्ट्रेलियाका लागि छैटौं सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

उनी अष्ट्रेलियाका लागि सर्वाधिक एकदिवसीय शतक बनाउने ब्याटरको सूचीमा दोस्रो स्थानमा छ ।

वार्नरभन्दा २०५ ओडीआई इनिङ्स खेल्ने रिकी पोन्टिङ शीर्ष स्थानमा छन् ।

Categorized in स्पाेर्ट्स