arin enterprises

भारोत्तोलन खेलाडी सागर भण्डारीकाे नयाँ राष्ट्रिय किर्तिमान

SamacharDesk – समाचारडेस्क स्पाेर्ट्स रिपोर्टर | २०८० चैत्र २९, बिहिबार

थाइल्याण्डको फुकेटमा जारी आइ डब्लु एफ वल्र्ड कप २०२४ भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् ।

आज बिहिवार भएको खेलमा १०९ केजी भन्दा माथिको तौल समूह अन्तर्गत कुल ३०६ केजी भार उचाल्दै नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भएका हुन् ।

यसअघि सागरले चीनमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा स्नाचमा १३४ केजी भार उठाई आफ्नै नाममा रहेको १३३ केजीको किर्तिमान तोडेका थिए ।

त्यस्तै उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिप २०२४ मा क्लिन एन्ड जर्कमा १७१ केजीको किर्तिमान बनाएका थिए ।

भण्डारीले फुकेटमा स्नाचमा १३४, क्लिन एन्ड जर्कमा १७२ गरि कुल ३०६ केजी भार उचाल्दै तीन वटा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, बोसले जानकारी दिए ।

नेपाली भारोत्तोलनको इतिहासमा कुल तर्फ ३०६ केजी भार उचाल्ने सागर एक्ला खेलाडी हुन ।

यसैबीच नेपाल भारोत्तोलन संघले भण्डारीलाई बधाई तथा दिनुका साथै भबिष्यमा अझै सफलताको शुभकामना व्यक्त गरेका छन् ।

Categorized in स्पाेर्ट्स