वेस्ट इन्डिज क्रिकेट टिम इंग्ल्याण्ड पुग्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २७, मंगलबार

वेस्ट इन्डिज क्रिकेट टिम इंग्ल्याण्ड पुगेको छ । वेस्ट इन्डिज टिम मंगलबार क्रिकेट टिम ऐतिहासिक टेस्ट सिरिज खेल्नका लागि इंग्ल्याण्डको म्यानचेस्टर पुगेको हो ।
इंग्ल्याण्ड उड्नुअघि सबैको कोरोना परीक्षण गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरू चार्टर्ड फ्लाइटमा एन्टिगुवाबाट म्यानचेस्टरका लागि प्रस्थान गरेको थियो ।
इंग्ल्याण्ड पुगेपछि उनीहरु सबैको पुनः कोरोना परीक्षण हुनेछ । परीक्षण पछि सबै जना म्यानचेस्टर स्थित एक होटेलमा क्वारेन्टाइनमा बस्नेछन् ।
कोरोना भाइरसका कारण गत मार्चमा संसारका अधिकांश मुलुकले लकडाउन गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटको अन्तिम खेल गत १३ मार्चमा न्युजिल्याण्ड र अस्ट्रेलिया बीच भएको थियो ।
त्यसयता कुनै पनि टिमले दोस्रो देशमा गएर खेलेका थिएनन् ।
वेस्ट इन्डिज कोरोना महामारी पछि विदेश भ्रमण गर्ने पहिलो टिम हो ।
वेस्ट इन्डिजका कप्तान जासन होल्डरले महामारीका कारण ठप्प रहेको क्रिकेट र खेल जगतका लागि आफुहरुले ठूलो पाइला चालेको कुरा प्रस्ट पारे ।
यो पनि पढ्नुहोला – जुलाईमा इंग्ल्यान्ड र वेस्ट इन्डिज बीच टेस्ट क्रिकेट हुने
Categorized in स्पाेर्ट्स