न्यूजिल्याण्डलाई हराउँदै वेष्टइंडिज सुपर आठमा
SamacharDesk | २०८१ जेठ ३१, बिहिबार

विश्वकप टि–ट्वेन्टी क्रिकेटको आज विहान भएको खेलमा वेष्ट इंडीजले न्युजिल्याण्डलाई १३ रनले हराएको छ ।
ट्रिनिडाड एण्ड टोबागोमा रहेको ब्रायन लारा स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको इंडीजले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनायो ।
उसका लागि शेर्फान रुदरफोर्डले अविजित ६८ रन जोडे । जवाफमा १५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो ।
न्युजिल्याण्डको लागि ग्लेन फिलिप्सले सर्वाधिक ४० रन जोडे । इंडीजका अल्जारी जोसेफले ४ तथा गुणाकेश मोटीले तिन विकेट लिए ।
जितसँगै वेष्ट इंडीजले प्रतियोगिताको सुपर आठमा स्थान पक्का गरेको छ । समुह ‘सी’ मा तीन खेलबाट वेष्ट इंडीजको ६ अंक भएको छ ।
चार अंक जोडेको अफ्गानिस्तान दोस्रो स्थानमा छ । युगाण्डाको दुई अंक छ भने पपुवा न्युगिनी र न्युजिल्याण्डले अंक जोड्न सकेका छैनन् ।
हिजोको खेलमा अमेरिकालाई हराउँदै भारत विश्वकप टि–ट्वेन्टी क्रिकेटको सुपर आठमा पुगेको छ ।
न्युयोर्कमा भएको खेलमा पहिले व्याटिङ गरेको अमेरिकाले २० ओभरमा ८ वकेट गुमाएर ११० रन बनायो । जवाफमा १११ रनको सामान्य लक्ष्य भारतले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो ।
भारतको जितमा सुर्यकुमार यादवको अविजित ५० रन महत्वपूर्ण रह्यो । लगातार तेस्रो जितसँगै भारत प्रतियोगिताको सुपर आठमा पुगेको छ ।
समुह ‘ए’ मा भारतको तिन खेलबाट ६ अंक भएको छ । समान खेलबाट ४ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ भने पाकिस्तान र क्यानाडाको २–२ अंक छ ।
Categorized in स्पाेर्ट्स