वेस्टह्यामले टोटनह्यामलाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २२, शुक्रबार

इङ्लिस प्रिमियर लिगमा टोटनह्यामले हार व्यहोरेको छ । बिहिबार टोटेनह्यामले वेस्ट ह्यामसँग २–१ को हार व्यहोरेको हो ।
टोटेनह्यामको घरेलु मैदानमा क्रिस्टियन रोमेरोले सुरुवातमै घरेलु टोलीलाई खेलमा अघि बढाएका थिए । तर दोस्रो हाफमा लगातार दुई गोल गर्दै वेस्ट ह्यामले टोटेनह्याममाथि शानदार जित निकाल्यो ।
जारोड बोवेनले ५२ औं मिनेटमा बराबरी गरेको खेलमा जेम्स वार्ड प्रोजले ७४ औं मिनेटमा पाहुना टोली वेस्ट ह्यामका लागि विजयी गोल गरेका थिए ।
योसँगै वेस्ट ह्यामले पछिल्ला ६ मध्य ५ खेलमा जित निकाल्न सफल भएको छ । यस्तै टोटेनह्यामले भने पछिल्ला ५ मध्य ४ खेलमा पराजित भएको छ ।
योसँगै टोटेनह्याम २७ अंक सहित पाँचौं स्थानमा रहदा वेस्ट ह्याम २४ अंक सहित नवौं स्थानमा उक्लिएको छ ।
Categorized in स्पाेर्ट्स