arin enterprises

पाकिस्तानी विमान दुर्घटनामा सकुशल उद्धार गरिएका जुबईरले के देखे ?

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १०, शनिबार

शुक्रबार दिउँसो स्थानीय समय अनुसार साढे २ बजे (नेपाली समय अनुसार ३ः१५ बजे) लाहौरबाट कराँचीतर्फ जादै गरेको पि.के.८३०३ विमान जिन्ना अन्तर्राष्ट्रि«य विमानस्थल भन्दा करिब २.५ किलोमिटर दूरीस्थित रिहाइशी इलाकाको जिन्ना गार्डेन मोडेल कोलोनीमा अवतरण गर्नै लाग्दा दुर्घटना भयो ।

स्वास्थ्य अधिकारीका अनुसार दुर्घटनामा ९७ जनाको मृत्यु भएको छ भने विमानमा सवार २ जनाको भने सकुशल उद्धार गरिएको छ । 

तीमध्ये एक हुन मोहम्मद जुबईर ।

९७ जनाको ज्यान गएको दुर्घटनाबाट उद्धार गरिँदा उनलाई सामान्य घाउ–चोटपटक मात्र लागेको थियो ।

कसरी ज्यान जोगाए त उनले ? 

‘विमान अवतरण गर्न प्रयत्न गरेको १०–१५ मिनेट पछि दुर्घट्ना भएको हो ।’ उनले भने, ‘कसैले विमान दुर्घट्ना हुन्छ भनेर कल्पनासम्म पनि गरेको थिएन होला ।’

‘मैले झटपट सिल्टबेल्ट खोलेँ र उज्यालोतर्फ भागेँ । सुरक्षित हुनका लागि प्लेनबाट १० फिट जति तल उफ्रिनुप¥यो’ उनले थपे ।

जबुईर दुर्घटनापछि अचेत अवस्थामा भेटिएका थिए । 

उनले भने, ‘जताततै आगै–आगो थियो । बालबालिकाको साथमा सबै चिच्याइरहेको आवाज मात्र सुने । अरु केही याद छैन ।’

उनीसँगै बैंक अफ पञ्जाबका अध्यक्ष, जाफर मसुद सकुशल अवस्थामा छन् । दुर्घटनामा बाँच्न सफल भएकाहरुको थप विवरण भने अझै आउँन बाँकी छ । 

मृतकहरुको शव पहिचानका लागि डि.एन.ए. टेस्ट भइरहेको कुरा सिन्ध प्रान्तका प्रदेश सरकारले जानकारी दिएका छन् ।

यससँगै पाकिस्तानका प्रधानान्त्री इमरान खानले यस घट्नाप्रति आश्चर्य र मृतकहरुप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।

पाकिस्तानी वायुसेवा चालक संघ (पि.ए.एल.पि.ए.) ले भने यस घट्ना बारे अन्तर्राष्ट्रिय तहबाट अनुसन्धानकर्ताहरुको उपस्थितिमा जाँच गर्नुपर्ने माग गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय