सन् २०२३ मा कुन–कुन सामाजिक संजाल एपहरु धेरै डिलिट भयो ?
SamacharDesk | २०८० पौष ८, आइतबार

सामाजिक संजाल प्रयोगकर्ताको संख्यामा लगातार वृद्धि भैरहेको छ । सन् २०२३ सकिंदै गर्दा यो वर्ष प्रविधि जगतका लागि पनि उतारचढावको रह्यो ।
एकातर्फ सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दै छ भने अर्कोतर्फ चर्चित सामाजिक सञ्जाल प्लेटफर्मले आफ्नो प्रयोगकर्ताको संख्या पनि दिनानुदिन गुमाउँदै छन् ।
अमेरिकास्थित प्रविधि कम्पनी टीआरजी डेटासेन्टर्सको रिपोर्टका अनुसार विश्वमा विभिन्न सोसल मिडिया प्रयोगकर्ताको संख्या चार अर्ब ८० करोड भन्दा धेरै छ ।
सामाजिक सञ्जालका एपहरु लाखौं मानिसको दैनिक जीवनको अभिन्न हिस्सा भए तापनि ती प्लेटफर्मको लोकप्रियता निरन्तर ओरालो लागेको छ ।
उक्त रिपोर्टका अनुसार अन्य सामाजिक सञ्जालका एपले वर्षभरि सान्दर्भिक रहन संघर्ष गरेपछि सो संस्था यस वर्ष लोकप्रिय एपहरूमा सर्वेक्षण गर्न प्रेरित भएको हो । जसको परिणाम रिपोर्ट बाहिर आएको छ ।
यो वर्ष इन्स्टाग्राम अकाउन्ट डिलिट गर्न चाहने प्रयोगकर्ताको संख्या बढी छ । सो रिपोर्टका अनुसार अन्य प्लेटफर्मभन्दा इन्स्टाग्राम त्यो प्लेटफर्म हो, जसमा भएको अकाउन्ट डिलिट गर्न प्रयोगकर्ताहरु उत्साहित छन् ।
२०२३ मा विश्वभरबाट करिब १० लाख प्रयोगकर्ताले हरेक महिना आफ्नो इन्स्टाग्राम अकाउन्ट कसरी डिलिट गर्ने भनेर सर्च गरेका छन् ।
टीआरजी डेटासेन्टर्सका प्रमुख प्राविधिक अधिकृत क्रिस हिन्कलले भने ‘२०२३ मा सबैभन्दा बढी डिलिट हुने एप इन्स्टाग्राम हो, यसको अर्थ सामाजिक सञ्जाल प्रयोगकर्ताहरु बढेपनि नयाँ–नयाँ प्लेटफर्ममा रुचाउन थालेका छन् ।’
यो परिवर्तनले मानिसहरु अझ वास्तविक भएको महसुस हुनेसामाजिक सञ्जालको प्लेटफर्म चाहने हिन्कलको भनाइ छ ।
टीआरजी डेटासेन्टर्सको रिपोर्टका अनुसार कुन सोसल मिडिया एप कतिजनाले डिलिट गरे ?
इन्स्टाग्राम : १० लाख २० हजार
स्नापच्याट : १ लाख २८ हजार ५ सय
टेलिग्राम : ७१ हृजार ७ सय
फेसबुक : ४९ हजार
टिकटक : २४ हजार ९ सय
युट्युब : १२ हजार ५ सय
ट्वीटर: १२ हजार ३ सय
ह्वाट्सएप : ४ हजार ९५०
विच्याट : २ हजार ९०
Categorized in विज्ञान-प्रविधी