कोरोना संक्रमण देखापरेपछि विश्वलाई सतर्क रहन डब्लुओएचको आग्रह
SamacharDesk | २०८० पौष ८, आइतबार

विश्व स्वास्थ्य संगठनले पछिल्ला दिन कोभिडको नयाँ भेरियन्ट तीव्र गतिले फैलदैं गरेको भन्दै विश्व जगतको ध्यानार्षण गराएको छ ।
संगठनका अनुुसार पछिल्लो २८ दिनमा कोभिड संक्रमणबाट विश्वभर ५२ प्रतिशतले वृद्धि भई तीन हजारभन्दा बढीको मृत्यु भएको उल्लेख गरेको छ ।
डब्ल्युएचओले नयाँ भेरिएन्ट देखा परेसंगै विश्व जगत पुन सचेत हुनुपर्ने चेतावनी दिएको छ । डब्लुएचओले पछिल्लो समय कोभिड संक्रमितको मृत्यु संख्या आठ प्रतिशतले कमी आएतापनि संक्रमण दर बढेको उल्लेख गरेको छ ।
कोभिड–१९ को नयाँ भेरिएन्टले एक लाख १८ हजारभन्दा बढी नयाँ अस्पताल भर्ना भएका र १ हजार ६ सय भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएको डब्लुएचओले जनाएको छ ।
डब्लुएचओले मानिसहरूलाई उपलब्ध सबै उपकरणहरू प्रयोग गरेर संक्रमण र गम्भीर रोगबाट बच्न उपायहरू अपनाउन सचेत तुल्याएको छ ।
कोभिड–१९ सुरु भएयता डिसेम्बर को मध्य सम्ममा विश्वभर ७७ करोड २० लाखभन्दा बढी संक्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड संक्रमितको मृत्यु भइसकेको छ ।
यसैबीच, डब्लूएचओले हरसंभव उपायहरु प्रयोग गरेर सङ्क्रमण र गम्भीर रोगबाट बच्न सबैमा अपील समेत गरेको छ ।
यदि कुनै लक्षण देखिएमा वा इन्फ्लुएन्जा भएको व्यक्तिको सम्पर्कमा आएमा छिटो भन्दा छिटो परीक्षण गरि सावधानी अपनाउन पनि डव्लु.एच ओले भनेको छ ।
Categorized in अन्तर्राष्ट्रिय