arin enterprises

गाजापट्टीमा इन्धन लैजान अनुमति दिन विश्व स्वास्थ्य संगठनको आग्रह

SamacharDesk | २०८० कार्तिक ३, शुक्रबार

विश्व स्वास्थ्य संगठनले युद्धग्रस्त इजरायलको गाजा पट्टी क्षेत्रमा इन्धन लैजान अनुमति दिन आग्रह गरेको छ ।

संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले पत्रकार सम्मेलन गरि इजिप्टबाट गाजामा पानी, खाद्यान्न र औषधि आपूर्तिमा रोक नलगाउने इजरायलको घोषणालाई स्वागत गदै जीवनरक्षक आपूर्तिमा इन्धन थप्न पनि आग्रह गरेका हुन् ।

यसअघि,अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहसंगै इजरायल सरकारले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध नगर्ने जनाएको थियो ।

इजरायलले हमाससम्म सहायता सामग्री नपुग्ने शर्तमा आपूर्तिका लागि अनुमति दिएको थियो ।

यस्तै इजरायल सरकारले अवरुद्ध प्यालेस्टिनी इलाकामा खाद्यान्न, पानी र औषधि मात्र प्रवेश गर्न दिएकोमा इन्धन पनि थप्न टेड्रोसले आग्रह गरेका हुन् ।

Categorized in अन्तर्राष्ट्रिय