arin enterprises

को को भिड्दैछन् एफए कपको सेमिफाइनलमा ?

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १५, सोमबार

फुटबल एसोसिएसन च्यालेन्ज (एफए) कपको सेमिफाइनल खेल्ने चारैवटा टिमको आइतबार टुंगो लागेको छ ।

शनिबार र आइतबार भएका क्वाटरफाइनल खेलहरु सकिएसँगै अन्तिम चार टिमको टुंगो लागेको हो ।

क्वाटरफाइनल खेलहरुमा आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हरायो भने म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई पनि २–१ गोलले नै पाखा लगायो ।

त्यसैवरी म्यानचेस्टर सिटीले न्युकासललाई २–० गोलले हराउँदा लेस्टर सिटीलाई चेल्सीले १–० को गोलले पराजित गर्यो ।

सेमिफाइनल खेलहरु १८ र १९ जुलाईमा वेम्बले स्टेडियममा हुनेछ भने फाइनल अगस्ट १ मा सोही मैदानमा खेलाइने भएको छ ।

सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेड र चेल्सी, त्यस्तै आर्सनल र म्यान्चेस्टर सिटि आमने सामने हुँदैछन् ।

आर्सनलले १३ पटक उपाधी उचालिसकेको छ भने म्यान्चेस्टर युनाइटेडले १२ पटक यो उपाधि जितेको छ । 

त्यस्तै चेल्सीले ८ पटक र म्यानचेस्टर सिटिले ६ पटक उपाधिमा कब्जा जमाइसकेका छन् ।

Categorized in स्पाेर्ट्स