arin enterprises

रूसले दिने भयो त विश्वलाई कोरोनाविरुद्धको भ्याक्सिन

SamacharDesk – विकाश | २०७७ आषाढ २९, सोमबार

चाइनामा कोरोना भाईरस देखिएको करीव ९ महिना भइसक्यो । र यसले विश्व महामारीको रुप लिएर सबलाई आक्रान्त बनाएको पनि लामो समय वितिसक्यो ।

यस्तोमा यस भाईरसविरुद्ध भ्याक्सिन वा कुनै उपचार आउला र यस महामारीबाट मुक्ति पाइएला कि भनेर पुरै विश्व आशातित छन् । 

यो ९ महिना र यहि आशाकै बीचमा विश्वमा एक करोड़ २९ लाख बढि यस भाईरसबाट संक्रमित भएको तथ्याङ्क जोन हप्किन्स विश्वविद्यालयबाट सार्वजनिक भएको छ । साथमा यस भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगभग ५ लाख ७० हजारको संख्यामा छन् ।

यस्तो परिस्थितीमा रूसबाट केही आशाको किरण देखिएको छ । रुसले यहाँका वैज्ञानिकहरुले नोवल कोरोना भाईरसविरुद्ध पहिलो भ्याक्सिन बनाएको दावी गरेको छ । 

साथमा, रुसले भ्याक्सिनको व्यापक उत्पादन गर्ने रणनीतिको बारे समेत बोलेकाले अब कोरोनाविरुद्धको भ्याक्सिन पाइनेमा सबैलाई आशावादी बनाएको छ ।

रूसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्यूट फर ट्रान्सलेशनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका डाइरेक्टर वादिम तरासोभले विश्वको पहिलो कोरोना भाईरसविरुद्ध भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । 

‘मस्कोस्थित सरकारी मेडिकल यूनिभर्सिटी सेचेनोफले गरेको ट्रायलमा यो भ्याक्सिन मान्छेहरुमा सुरक्षित पाइएको छ’, तरासोभले भनेका छन् । ‘यो भ्याक्सिन प्रयोग गरिएका मानिसहरुमध्ये एउटा समूहलाई १५ जुलाईमा र दोश्रो समूहलाई २० जुलाईमा अस्पतालबाट घर पठाइनेछ ।

यूनिभर्सिटीले १८ जूनबाट रूसको गेमली इन्स्टिच्यूट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा निर्मित यो भ्याक्सिनको क्लिनिकल ट्रायल शुरू गरेको थियो ।

यूनिभर्सिटीका एक वरिष्ठ अधिकारी एलेक्जेन्डर लुकाशेवले भ्याक्सिनको व्यापक उत्पादनको लागि रणनीति बनाईँदै गरेको बताए ।

वर्तमान समयमा गिलिएड साइन्सेज, अक्सफोर्ड यूनिभर्सिटीका शोधकर्ताहरु र अमेरीकी बायोटेक कम्पनी मोडेर्ना कोरोना भाईरसविरुद्ध भ्याक्सिन बनाउनका लागि व्यस्त छन् ।

 

स्रोत : बिबिसी

Categorized in अन्तर्राष्ट्रिय