arin enterprises

विम्बल्डनको टेनिसको उपाधि अल्काराजलाई

SamacharDesk | २०८१ आषाढ ३२, सोमबार

यस वर्षको विम्बल्डन टेनिसको उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन् ।

२४औं पटक विम्बल्डन टेनिसको उपाधि विजेत सर्वियाका नोभाकजो कोभिचलाई सोझो तीन सेटमा हराउँदै अल्काराजले चौथो पटक ग्राण्डस्लाम उपाधि जितेका हुन् ।

लण्डनमा गएराति भएको फाइनल खेलमा अल्काराजले ६–२, ६–२ र ७–६ ले जिते । अघिल्लो वर्ष पनि फाइनलमा भिडेका यी दुई खेलाडीबिचको खेल त्यतिबेला पाँच सेटसम्म चलेको थियो ।

यसपटक भने अल्काराजले एकपक्षिय खेल देखाउँदै जोकोभिचलाई लगातार तिन सेटमा पराजित गरे । अल्काराजले लगातार दोस्रो वर्ष विम्बल्डन टेनिसको उपाधि जित्दा जोकोभिचको भने किर्तीमानी २५ औं उपाधि जित्ने सपना टुटेको छ ।

महिलातर्पm भने विम्बल्डन टेनिसको उपाधि बार्बोरा क्रेचिकोभाले जितेकी छिन् ।

लण्डनमा हिजो राति सम्पन्न फाइनल खेलमा इटालीकी यास्मिने पाओलिनीलाई २–१ को सेटमा हराँउदै चेक गणतन्त्रकी खेलाडी क्रेचिकोभाले पहिलो पटक विम्बल्डन टेनिस जितेकी हुने ।

पाओलिनी विरुद्धको खेल क्रेचिकोभाले ६–२, २–६ र ६–४ को सेटमा जितिन् । क्रेचिकोभाको यो उपाधि उनको करियरको दोस्रो ग्राण्डस्लाम उपाधि हो ।

यसअघि उनले सन् २०२१ मा फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी थिइन् ।

Categorized in स्पाेर्ट्स