arin enterprises

विम्बल्डन टेनिसको उपाधि मार्केटालाई

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ ३१, आइतबार

मार्केटा वोन्ड्रोसोवाले महिलातर्फको विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । वोन्ड्रोसोवाले ओन्स जाबेउरलाई हराउँदै विम्बल्डन जितेकी छिन् ।

योसँगै २४ वर्षीय वोन्ड्रोसोवा वरियता बिनाको विम्बल्डन जित्ने पहिलो महिला खेलाडी बनेकी छिन् ।

चोटका कारण पछिल्लो सिजन ६ महिना कोर्ट बाहिर रहेकी उनी विश्वको ४२ औं स्थानमा छिन् ।

चेक खेलाडीले सन् २०२२ की उपविजेता जावेउरलाई ६–४ र ६–४ ले हराउँदै महिला सिंगलमा उपाधि जितेकी हुन् ।

छैटौं वरियताकी २८ वर्षकी जाबेउरले तीन वटा मुख्य प्रतियोगिताको फाइनल गुमाउन पुगेकी छिन् ।

Categorized in स्पाेर्ट्स