उल्भ्ससँग चेल्सी पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ९, सोमबार

प्रिमियर लिगमा चेल्सीले हार ब्यहोरेको छ । आईतबार भएको खेलमा उल्भ्सले चेल्सीलाई २–१ ले हराएको हो ।
पछिल्लो ५० वर्षमा उल्भ्सले चेल्सीलाई लिगमा पहिलो पटक हराएको हो । सन् २००० पछि चेल्सी अवे खेलमा लगातार चार खेलमा हारेको पहिलो पटक हो ।
खेलको ५१ औं मिनेटमा मारियो लेमिना र दोस्रो हाफको अतिरिक्त समयमा मेट डोहर्टीले गरेको गोल उल्भ्सलाई जित दिलाउन पर्याप्त रह्यो ।
चेल्सीका लागि भने क्रिस्टोफर एनकुन्कुले इन्जुरी समयको अन्तिम समयमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
योसँगै पराजित चेल्सी २२ अंक सहित तालिकाको १० औं स्थानमा छ ।
बराबरी अंकसँगै उल्भ्स गोल अन्तरका आधारमा ११ औं स्थानमा उक्लिएको छ ।
Categorized in स्पाेर्ट्स