बेत्रावतिमा जीवितै उद्धार गरिएकी महिलालाई काठमाडौं ल्याइयो
SamacharDesk – बिराज | २०८३ भाद्र २०, शनिबार
रसुवाको विनासकारी बाढिको ११औं दिनमा आज नुवाकोटको बेत्रावतीबाट उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई काठमाडौं ल्याइएको छ ।
रसुवा भोटेकोशी बाढिको आज ११औं दिनमा नुवाकोटको बिदुर नगरपालिका १० बेत्रावतीमा बाढिले पुरिएको आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको हो । उद्धार पछि उनलाई उपचारको लागि काठमाडौं ल्याइएको हो ।
श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन बिकको कमान्ड टोलीले उद्धार गरेको हो ।
श्रेष्ठको घर बाढिले बगाएपछि उनी र उनका श्रीमान बेपत्ता रहेका थिए । दुबैको अवस्था अज्ञात रहँदा परीवारले कुशको प्रतिमा बनाएर अन्तिम संस्कारसम्म पनि गरीसकेका थिए ।
आज चण्डिका जीवितै भेटिएपछि विधिपूर्वक फुकाइएको बताइएको छ ।
आज ६४ वर्षीया चण्डिकालाई सोही बाढीले बगाइएको घरको चौथो तल्लाबाट जीवितै उद्धार गरिएको हो । उनका श्रीमानको अवस्था भने अझै अज्ञात नै छ ।
यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरेको थियो ।
रसुवा बाढिको १० औं र ११ औं दिनमा गरी चार जनाको जीवितै उद्धार भएको छ ।
हिजो १०औं दिनमा त्रिशुली थ्रि ए जलविद्युतको सुरुङबाट सप्तरीका सञ्जय साह र कीर्तिपुर पांगाका कविर महर्जनको जीवितै उद्धार गरिएको थियो ।
Categorized in राष्ट्रिय




