चीन पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा महिला पक्राउ
SamacharDesk | २०८१ जेठ ८, मंगलबार
विवाहको वहानामा चीन पुर्योई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ की मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२७ ठमेलबाट पक्राउ गरेको हो ।
मनमायाले पीडितलाई ललाई फकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई चीनमा पुर्यालएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको बताइएको छ ।
Categorized in अपराध