प्रहरीको आधारभूत तालिम पाठ्यक्रम सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
SamacharDesk – बिकाश | २०७७ कार्तिक २९, शनिबार

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बिहीबारदेखि सुरू भएको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
प्रतिष्ठानमै आयोजित गोष्ठी समापन कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गोष्ठीबाट आएका निष्कर्षहरूले आगामी दिनमा संचालन गरिने तालिमहरुमा एकरुपता ल्याउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
लामो अवधिको आधारभूत तालिमले प्रशिक्षार्थीहरुमा कार्यकुशलता एवम् व्यवहारमा समेत प्रशिक्षण प्रदान गरिने हुँदा समयसापेक्ष पाठ्यक्रमहरु समावेश भएमा प्रशिक्षण अत्यन्तै लाभदायी हुने विचार उहाँले राख्नुभयो ।
कार्यक्रममा UNITED NATIONS OFFICE FOR PROJECT SERVICES (UNOPS) का प्रतिनिधि एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीले तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी जानकारी राख्नुभएको थियो ।
समापन कार्यक्रममा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा.डा राजिव विक्रम राणा, काठमाडौं युनिभर्सिटी स्कूल अफ एजुकेशनका एसोसिएट डिन प्रा.डा. लक्ष्मण ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय