arin enterprises

आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै

SamacharDesk – बिकाश | २०७७ श्रावण १७, शनिबार

आज अगस्ट १, आजबाट विश्वभरी विश्व स्तनपान सप्ताह शुरु भएको छ ।

हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभरी विश्व स्तनपान दिवस मनाउने गरिन्छ ।

शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा सन् १९९२ बाट विश्व स्तनपान सप्ताह मनाउने गरिएको हो ।

‘स्वस्थ्य र सुन्दर संसार स्तनपान एक मात्र आधार’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाईँदैछ ।

स्तपानको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले विश्वभरी स्तनपानको महत्व र यसका आवश्यकताको विषयमा चर्चा गर्दै यो सप्ताह मनाउने गरिन्छ ।

जन्मिने वित्तिकै आमाको स्तनपान गर्न पाउनु बच्चाको नैसर्गिक अधिकार हो । बच्चालाई जन्म दिइसकेपछि आमाको शुरुको दुध बच्चाको लागि अमृत समान मानिन्छ ।

आमाको दुधबाट बच्चाको शारिरीक क्षमताको विकास गर्नुका साथै विभिन्न रोगहरुसँग लड्नका लागि प्रतिरोधी क्षमताको समेत विकास गर्ने विज्ञहरु बताउँछन् ।

बालबलिकाको मृत्युदर कम गर्ने सबै प्रतिकारात्मक उपायमध्ये पूर्ण स्तनपान एकमात्र सबैभन्दा प्रभावकारी उपाय भएको अध्ययनले देखाएको छ ।

त्यसैले बच्चा जन्मेको एक घन्टाभित्रमा आमाको बिगौती दुध ख्वाउनुपर्ने विज्ञहरुले भन्दै आएका छन् ।

बच्चा जन्मेको ६ महिनासम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दुधबाटै प्राप्त हुने भएकोले आमाको दुध मात्र ख्वाउनुपर्दछ ।

६ महिनापछि अन्य पोसिलो खानासँगै दुई वर्षसम्म पनि स्तनपान गराउनुपर्दछ ।

यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्तनपानलाई प्रोत्साहन गर्न नेपाल सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभएको छ ।

विमानस्थल, बसपार्क लगायत सेवाग्राहीको भीडभाड रहने सेवा प्रदायक निकायहरुमा स्तनपान कक्ष बनाइएको र नभएका ठाउँमा बनाउने क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।

Categorized in राष्ट्रिय