arin enterprises

विश्वकप २०२२ को खेल तालिका सार्वजनिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ३१, बुधबार

खेल जगतको महाकुम्भ फिफा विश्वकप फुटबल २०२२ को खेल तालिका सार्वजनिक भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बुधबार समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

फिफाले सार्वजनिक गरेको कतार विश्वकप २०२२ को तालिका अनुसार खेल नोभेम्बर २१ बाट शुरु भएर डिसेम्बर १८ मा सम्पन्न .हुने छ । कतारको ८ वटा रंगशालामा खेलहरु खेलाइने भएको छ ।

तालिका अनुसार समूह चरण अन्तर्गत एक दिनमा चार वटासम्म खेल हुनेछ ।

कतार विश्वकप २०२२ को पहिलो खेल २१ नोभेम्बरमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे, दोस्रो खेल साँझ ७ः४५ बजे खेलिनेछ । त्यसैगरी ८ः४५ मा तेश्रो र सोही राती १२ः४५ बजे चौथो खेल हुनेछ ।

समूह चरणका खेलहरु १२ दिनमा सकाइनेछ । 

नकआउट चरणका खेल पनि समूह चरणकै समयमा हुने भएको छ । तेस्रो स्थानको खेल १७ डिसेम्बरमा खालिफा इन्टरनेस्नल स्टेडियममा हुनेछ ।

फाइनल खेल १८ डिसेम्बरमा लुसेल रंगशालामा नेपाली समय अनुसार राती पौने ९ बजे हुनेछ ।

Categorized in स्पाेर्ट्स