विश्वकप छनौट खेल : नेदरल्यान्ड्स, क्रोएशिया, टर्की, बेलारुस र रुस विजयी
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ चैत्र १५, आइतबार

विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा नेदरल्याण्ड्स, क्रोएसिया, टर्कीको साथमा रुस र बेलारुस पनि विजयी भएका छन् ।
समुह ‘ए’ अन्तर्गतको खेलमा सर्विया र पोर्चुगलको खेल २–२ गोलको बराबरी भएको छ । त्यसैगरी लक्जेम्वर्गले रिपब्लीक अफ आयरल्याण्डमाथि १–० को जित हासिल गरेको छ ।
समुह ‘इ’ को खेलमा बेलारुसले इस्टोनियालाई ४–२ ले हराएको छ । चेक गणतन्त्र र बेल्जीयमले १–१ गोलको बराबरी खेलेको छ ।
समुह ‘जि’ अन्तर्गत नेदरल्याण्ड्सले आफ्नै घरेलु मैदानमा लात्भियालाई २–० ले हराएको छ । त्यस्तै समूह ‘जि’ कै अर्को खेलमा टर्कीले नर्वेलाई ३–० ले हरायो । त्यसैगरी मोन्टेनेग्रोले जिब्रल्टारलाई ४–१ ले पाखा लगायो । य
सैगरी समुह ‘एच’ को खेलमा रुसले स्लोभेनियालाई २–१ ले तथा क्रोएसियाले साईप्रसलाई १–० ले हराएका छन् । स्लोभाकिया र माल्टाबिचको खेल २–२ गोलको बराबरीमा सकिएको छ ।
Categorized in स्पाेर्ट्स