विश्व बालश्रम दिवस : बालश्रम जरैबाट उखेलौं
SamacharDesk – Ram Dangol | २०८० जेठ २९, सोमबार

नेपाल लगायत विश्वभर आज विश्व बालश्रम विरुद्धको दिवस मनाईंदैछ ।
प्रत्येक वर्षको जुन १२ तारिखका दिन विश्वभर मनाउँदै आएको छ । शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झै गर्ने शारीरिक अथवा मानसिक श्रम हो ।
जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ, स्कुल जान अवरोध पुग्दछ अथवा मानसिक, सामाजिक र शारीरिक रूपमै बालबालिकालाई असर पुर्योउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ ।
बालश्रमले बालबालिकाको सुनौलो भविष्य कालागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ ।
विश्व बाल श्रम विरुद्धको दिवसले सरकार, रोजगारदाता र श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको दुर्दशा र उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर प्रकाश पार्नको लागि यस दिवस मनाइन्छ ।
नेपालको श्रम सर्वेक्षण २०७८ का अनुसार नेपालमा बालश्रम प्रतिवेदन पाँचदेखि १८ वर्षसम्मका बालबालिकामध्ये १५।३ प्रतिशत श्रम संलग्न रहेको देखिन्छ ।
त्यसो त २०७१ को प्रतिवेदन अनुसार भने सोही उमेरका बालश्रममा संग्लनको सङ्ख्या ३७।४ प्रतिशत थियो । यो तथ्याङ्क हेर्दा भने श्रममा संलग्न बालबालिकाको सङ्ख्या घटेको देखाउँछ ।
संयुक्त राष्ट्रसङ्घले दिगो विकास लक्ष्य ९एसडिजी० मा सन् २०२५ सम्म बाध्यकारी श्रम उन्मुलन, आधुनिक दासत्व अन्त्य, निकृष्ट प्रकारको बालश्रम निषेध सन् २०२५ सम्म गरिने उल्लेख गरिएको छ ।
त्यसो त नेपालको संविधान २०७२ ले बालश्रमलाई संवैधानिक रूपमा निषेधित गरिसकेको छ । सन् १९९० मा नेपालले संयुक्त राष्ट्र सङ्घको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल अधिकार प्रति आफ्नो प्रतिबद्धता त जाहेर गरेको छ तर कार्यान्वयन पक्ष असाध्यै फितलो भएको छ ।
यसका अलावा मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बालश्रमलाई अवैध मान्दै बाल अधिकारलाई सुनिश्चित गरेको छ ।
Categorized in राष्ट्रिय