arin enterprises

आज विश्व बसोबास दिवस

SamacharDesk | २०७९ आश्विन ३१, सोमबार

आज विश्व बसोवास दिवस नेपालमा आज मनाईदैछ ।

यो वर्षको नारा ‘समावेशी शहरबस्तीको आवश्यकता : सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोवास मनाईदै छ ।

युएन ह्याबिट्याटले हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउने गरेकोमा नेपालमा सो अवधिमा दशैंको विदा परेकाले तेस्रो सोमबार आज सो दिवस मनाउन लागिएको हो ।

यसै अवसरमा शहरी विकास मन्त्रालयले नेपालमा शहरी जनसंख्या तीब्र गतिमा बढेको तथ्यांक सार्वजनिक गरेको छ । २०७८ सालको जनगणनाको विवरण उल्लेख गर्दै मन्त्रालयले नेपालमा शहरी क्षेत्रको जनसंख्या ६६ दशमलव ०८ प्रतिशत पुगेको जनाएको हो ।

२०६८ सालमा शहरी क्षेत्रको जनसङ्ख्या ६३।१९ प्रतिशत थियो । त्यसवेला ग्रामीण भेगको जनसङ्ख्या ३६।८१ प्रतिशत थियो । घरजग्गा कारोवार अर्थात रियल स्टेट, शहरीकरण अनि सरकारलाई पनि सही बसोवास अनि व्यबस्थित शहरीकरणको अवधारणा र कानुनहरु जताउन आजको दिन महत्वपूर्ण मानिन्छ ।

आजको दिनले विश्वका सबै जनाको पर्याप्त र सही बसोवासको अधिकारलाई पनि प्रतिबिम्बीत गर्दछ ।

संयुक्त राष्ट्र संघीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) ले प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ को विवरण अनुसार विकसित राष्ट्रहरुमा ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन् ।

यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसंख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण पनि गरिएको छ । सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसङ्ख्या वृद्धिदर ०।४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा गरिएको छ ।

सन् २०३० देखि २०३५ भित्र विकसित देशमा शहरी क्षेत्रको जनसङ्ख्या ०।४० प्रतिशत पुग्ने पनि जनाइएको छ ।

यसै अवसरमा सहरी विकास मन्त्रालयले विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । नेपालको संविधानले हरेक नागरिकहरुलाई स्वच्छ र स्वस्थ वातावरणमा बस्न पाउने हक दिएको उल्लेख गर्दै विभागले यसको लागि आफू लागि परेको बताएको छ ।

Categorized in राष्ट्रिय