आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस
SamacharDesk | २०८१ बैशाख २१, शुक्रबार

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस ।
‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ यो दिवस नेपाललगायत विश्वभर मनाइदैछ । ३१ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसङ्घद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो ।
त्यसैअनुसार मे ३ अर्थात् वैशाख २० गतेलाई विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । मिडिया क्षेत्रका विभिन्न सरोकारवालालाई आ–आफ्नो दायित्व स्मरण गराउने दिवसका रूपमा पनि यो दिवस मनाउने गरिन्छ ।
आधुनिक विश्वमा नागरिकलाई सुुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको छ । प्रेसको भूमिका सङ्कुचित हुने अवस्था आउन नदिन विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिनु प्रेसप्रति विश्वव्यापी प्रतिबद्धतासमेत हो ।
सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा आजको दिन प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको हो ।
जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।
आफ्ना समाचार, लेख तथा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकारको योगदान स्मरण गरिने हुनाले पनि यो दिन महत्त्वपूर्ण मान्न सकिन्छ । प्रेसले विकास निर्माणलाई प्रवद्र्धन गर्छ भने सामाजिक सद्भावको अभिवृद्धिसमेत गर्छ ।
त्यसैले स्वतन्त्र प्रेसको निकै अर्थपूर्ण भूमिका रहिआएको पाइन्छ । विश्व प्रेसको इतिहासलाई केलाउँदा सरकार तथा प्रेसबीचको सम्बन्ध सधैँ मित्रवत् रहेको पाइँदैन । प्रेसले सरकारका अनियमितता उजागर गर्ने प्रयास गरिरहेको हुन्छ भने सरकार प्रेसलाई नियन्त्रणमा राख्न सदैव प्रयत्न गर्छ ।
सरकार र प्रेसबीचको द्वन्द्वको मूल चुरो भनेकै यही हो । यस प्रकारको द्वन्द्वको अवस्थाबाट सरकार तथा प्रेस दुवैलाई नकारात्मक असर परिरहेको हुन्छ । यस अर्थमा यो दिवसले दुवै पक्षलाई उपयुक्त वातावरण सिर्जनामा सहयोगी हुने अपेक्षा गर्न सकिन्छ । प्रेसको अधिकारलाई सुनिश्चित गरेको पाइन्छ ।
यसैबीच ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज बिहान काठमाडौँमा ¥याली निकालिएको छ । विभिन्न संघ, सङ्गठन तथा संस्थाका पत्रकारहरू ¥यालीमा सहभागी थिए । शान्तिबाटीकाबाट सुरु भएको ¥याली राष्ट्रियसभागृह भृकुटीमण्डप पुगेर समापन भएको थियो । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर आज यो दिवस मनाइँदै छ ।
Categorized in राष्ट्रिय