arin enterprises

यस वर्षको विज्ञान दिवस जलवायू परिवर्तनमा केन्द्रीत

SamacharDesk – बिराज | २०७८ कार्तिक २४, बुधबार

आज नोभेम्बर महिनाको १० तारीख, आजको दिनमा विश्वभरीमा विभिन्न कार्यक्रमहरु गर्दै शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईँदैछ ।

यस वर्ष दिवसलाई जलवायू परिवर्तनको मुद्दामा केन्द्रीत गर्दे ‘जलवायूको लागि तैयार समुदायको निर्माण’ नारा तय गरिएको छ ।

वर्तमान समयमा जलवायू परिवर्तन सम्पूर्ण मानव जगतको लागि एउटा गम्भीर खतरा बनिरहेको छ । यस्तो अवस्थामा यस वर्ष दिवसको महत्व बढाएको छ ।

समाजमा विज्ञानको महत्वपूर्ण भूमिकाको विषयमा प्रकाश पार्न हरेक वर्ष आजको दिनमा यो दिवस मनाउने गरिएको छ ।

आम नागरिकलाई विज्ञानको विकासको बारेमा सूचित गर्नु नै दिवसको मुख्य उद्देश्य हो । विभिन्न वैज्ञानिक मुद्दा र बहसमा आम नागरिकको सहभागीतामा व्यापकता दिने पनि यो दिनको उद्देश्य हो ।

युनेस्कोले सन् २००१ मा दिवसको घोषणा गरेको थियो भने सन् २००२ मा पहिलो पटक मनाइएको थियो ।

नेपालमा प्रत्येक वर्ष असोज १ गतेका दिन राष्ट्रिय विज्ञान दिवस मनाउने गरिएको छ ।

Categorized in राष्ट्रिय