विभिन्न कार्यक्रम गरी टेलिभिजन दिवस मनाईँदै
SamacharDesk – बिराज | २०७८ मङ्सिर ५, आइतबार

आज नोभेम्बर महिनाको २१ तारीख, विश्वभरी आजको दिनमा विभिन्न कार्यक्रम गरी विश्व टेलिभिजन दिवस मनाईदैछ । दिवसकै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदैछ ।
आजभन्दा २५ वर्ष अगाडी सन् १९९६ १७ डिसेम्बरका दिन बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्व टेलिभिजन दिवस मनाउने निर्णय गरेको थियो ।
संचार जगतमा श्रव्यको साथमा दृश्यसमेत प्रसारण गर्न सकिने टेलिभिजनलाई शसक्त माध्यमको रुपमा लिइएको छ । सन् १९३६ नोभेम्बर २ मा बीबीसीले नियमित प्रसारण शुरु गरेसँगै टेलिभिजन प्रसारणको ईतिहासको प्रारम्भ भएको पाइन्छ ।
ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनबाट शुरु हुँदै सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो ।
नेपालमा २०४१ माघ १७ गते नेपाल टेलिभिजनको नियमित प्रसारण शुरु भएको थियो । आजको दिनमा नेपालमा सय बढि नेपाली च्यानलहरु नियमित प्रसारणमा छन् ।
पछिल्लो समय नेपाली च्यानलहरु पनि आधुनिक प्रविधिलाई आत्मसात गर्दै एचडि प्रविधिमा प्रसारण हुन थालेका छन् ।
टेलीभिजन प्रविधिको आविष्कारको सवालमा कुनै एक जनाको मात्र नाम आउँदैन । योसँग धेरै वैज्ञानिकको नाम जोडिएको छ ।
सन् १८८४ मा जर्मनका निप्को भन्ने वैज्ञानिकले ‘क्याथर्ड रे’ भन्ने एक किसिमको स्क्रिनको आविष्कार गरेका थिए जसमा, तारद्वारा किरणहरूसहित चित्र पठाउन सकिन्थ्यो । यसैबाट टेलिभिजनको ईतिहास सुरु भएको मानिन्छ ।
सन् १९२३ मा भ्लादिमिर जोरकिनले आरकोनोस्कोप ट्यूबको आविष्कार गरेपछि उनैबाट तस्बीरको आविष्कार भयो । सन् १९३८ मा फोटो सेलबाट स्क्यान गर्ने प्रथाको सुरुवात भयो ।
टेलिभिजनलाई नेपाली अथवा भनौं संस्कृतमा दूरदर्शन नाम दिइएको छ । तर बोलिचालीमा सबैको जिब्रोमा टेलिभिजन अझ भनौं टिभि शब्द नै प्रचलित छ ।
Categorized in समाज