arin enterprises

विश्वकप छनोटमा: जर्मनीको २० वर्षपछि पहिलो हार

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र १९, बिहिबार

 विश्वकप फुटबल २०२२ छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा जर्मनीले हार बेहोरेको छ ।

समूह ‘जे’ को खेलमा जर्मनीलाई नर्थ म्यासेडोनियाले २–१ गोलले पराजित गरेको हो ।

गयराति घरेलु टिम जर्मनी माथि नर्थ म्यासेडोनियाले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अग्रता लियो । नर्थ म्यासेडोनियाका लागि पान्डेवले गोल गरेका थिए ।

जर्मनीको लागि गुन्डोआनले ६३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर ८५ औं मिनेटमा एल्मासले गोल गरेपछि खेल नर्थ म्यासेडोनियाको पोल्टामा गएको हो ।

जर्मनीले विश्वकप छनौटमा सन् २००१ पछिको यो पहिलो हार हो । यसअघि २००१मा जर्मनीलाई इंग्ल्यान्डले ५–१ ले हराएको थियो ।

त्यसयता जर्मनी विश्वकप छनोटमा ३५ खेलसम्म अपराजित थियो ।

यो हारसँगै समूह ‘जे’ मा ३ खेलबाट ६ अंक जाघेकोे जर्मनी तेस्रो स्थानमा छ । समान खेलमा ९ अंक जोडेको अर्मेनिया शीर्ष स्थानमा छ भने ६ अंकसहित नर्थ म्यासेडोनिया दोस्रो स्थानमा छ । 

 

 

Categorized in स्पाेर्ट्स