arin enterprises

विश्वकप छनोटमा: स्पेन, इटाली, फ्रान्स र इंग्ल्याण्डको जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र १९, बिहिबार

विश्वकप फुटबल २०२२ छनौट अन्तर्गत युरोपेली समुहका खेलहरुमा स्पेन, इटाली, फ्रान्स र इंग्ल्याण्डले जित निकालेका छन् ।

समूह ‘बी’ को खेलमा स्पेनले कोसोभोलाई ३–१ गोलले हरायो । समूहमा स्पेन तीन खेलबाट ७ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।

समूह ‘सी’ मा इटालीले लिथुवानियामाथि २–० को जित निकाल्यो । इटाली समूह ‘सी’ मा ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थाना छ ।

समूह ‘डी’ को खेलमा साविक विजेता फ्रान्सले बोस्नियालाई १–० गोलले पराजित गरेको छ । फ्रान्स पनि ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थानमा छ ।

समूह ‘आई’मा इंग्ल्याण्डले पोल्याण्डलाई २–१ ले पराजित गरेको छ । इंग्ल्याण्डले लगातार तीन जितपछि ९ अंक जोड्दै इंग्ल्याण्ड समूह ‘आई’ को शीर्ष स्थानमा छ ।

छनौटमा पहिलो हार व्यहोरेको पोल्याण्ड ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स