साहित्यकार जोशीको पहिलो कृति चोभार ब्लुज उत्कृष्ट १० मा
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ ५, शुक्रबार

साहित्यकार विक्रम भक्त जोशीको पहिलो कृति चोभार ब्लुज प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको उत्कृष्ट १० मा पर्न सफल भएको छ ।
श्री रामगीता वाङ्गमय मन्दिर नेपाल–अमेरिकाद्वारा प्रदान गर्न लागिएको यस पुरस्कारको लागि उत्कृष्ट १० कृतिमा चोभार ब्लुज पनि परेको हो ।
पेशाले सिभिल इन्जिनियर र निवर्तमान बैंकर जोशीको पहिलो कृति चोभार ब्लुजु निकथा संग्रह हो । यसमा १९ वट निकथा समाविष्ट छ ।
नियात्रा र निबन्धको फ्लेभर मिसिएको कथालाई निकथा भनेर बुझिन्छ ।
अंग्रेजी साहित्यमा स्नातकोत्तर जोशी बाल साहित्यमा पनि दख्खल राख्छन् ।
यहि कृति साहित्यपोष्ट उत्तम आख्यान पुरस्कार प्रतियोगितामा द्वितीय बनेको थियो । साथमा यस कृतिले नारी स्रष्टा समाजद्वारा प्रदान गरिएको २०८० सालको वर्ष पुस्तक सम्मान पनि प्राप्त गरिसकेको छ ।
Categorized in पेजथ्री