arin enterprises

आज विश्व रेडक्रस दिवस

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख २५, आइतबार

आज विश्वरेडक्रस दिवस । मे ८ तारिकका दिन मनाउने यस दिवसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ।

मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनबाट आधिकारीक मान्यता प्राप्त गर्यो । तर नेपालमा भने बि.स. २०२०सालमा मात्र रेडक्रसको स्थापना भएको हो।

रेडक्रसको मुख्य लक्ष्य भनेको मानव उद्धार हो । त्यसैले विशुद्ध सेवा भावनाले अभिप्रेरित भई सामाजिक कार्य गर्नु नै यसको ध्येय हो ।

मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पुर्याउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरि जीवनरक्षा गर्नु भन्ने बुझिन्छ ।

अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबै प्रति आदरर विपद्लाई कम गर्ने उद्धेश्यका साथस्थापना भएको रेडक्रसमा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयंसेवकका रुपमा कार्यरत छन् ।

अस्पताल, स्वास्थ्य सँस्था र स्वास्थ्यकर्मीहरु रातो क्रस चिह्नको प्रयोग गरिन्छ, पछील्लो समयमा रेडक्रस अनि स्वास्थ्य सेवाको चिह्नलाई फरक देखाउने विभिन्न प्रयास भएपनि आजको संसारमा एउटा बुझ्ने उमेरको सानो बच्चाले पनि रातो क्रस देख्ने वित्तिकै सहजै स्वास्थ्य सेवा भनेर बुझ्दछ ।

नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रसको शुरुवात भएको हो । सम्पूर्ण ७५ वटै जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएकोछ । स्वयमसेवाउन्मुख संस्था भएकाले रेडक्रसका कार्यहरु विधार्थी, यूवा स्वयमसेवी अनि स्वंसेवीशिक्षकहरु, समुदायका ब्यक्तिहरुले गर्दछन् ।

चाहे त्यो विसं १९९०,  २०४५ अनि २०६३ सालको होस् या २०७२ सालको भुकम्पमा परेको होस् रेडक्रसले विपद ब्यवस्थापनमा ठूलै गुण लगाएकोछ ।

अझ विश्व नै आक्रान्त भएको कोभिडको महामारीको समयमा पनि रेडक्रसको सामाजिक कार्यहरु उल्लेखनीय नै थियो ।रक्तदान अनि सहज रक्त उपलब्धताका लागि रेडक्रस अद्वितिय संस्था हो ।

यसका अलावा अपाङ्गताको क्षेत्रमा अनिस शस्त्र द्वन्द्वताका हराएका र वेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्न र वर्तमान समयमा पूर्ननिर्माणमा हातेमालोको सहकार्यमा समेत रेडक्रसको उल्लेखनिय भूमीका नेपालमा रहेकोछ ।

Categorized in राष्ट्रिय