मोटरसाइकल दुर्घटनामा यादवको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र १४, बुधबार

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक ३७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
मंगलबार साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार महादेवा गाउँपालिका–४ बस्ने ३५ वर्षीय सर्वण कुमार यादवको मृत्यु भएको हो ।
कृष्णसावरण गाउँपालिका–४ बनौलीस्थित सडकमा प्र.२–०१–००१ प ४९१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in समाज