arin enterprises

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

SamacharDesk | २०८० भाद्र २०, बुधबार

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ ।

भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते यादवको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । सहमहामन्त्री यादवको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

नुवाकोटको विदुर नगरपालिका–७ घर भएका श्यामबाबु सापकोटाले सहमहामन्त्री यादवमाथी खुकुरी प्रहार गरेको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो ।

खुकुरी प्रहार गर्ने सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सिंहदरवार प्रहरी वृत्तमा लगिएको छ ।

सापकोटा आफूलाई नागरिक अभियन्ता बताउने गरेका छन् ।

Categorized in राष्ट्रिय