arin enterprises

अग्रज दुर्व्यवहार दिवसमा याकः मिसा सम्मानित

SamacharDesk – निर्मल बज्राचार्य | २०८० आषाढ ६, बुधबार

विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवसको अवसरमा कीर्तिपुरकी शक्ति स्वरुपा याकः मिसा लक्ष्मीकुमारी सिंहलाई सम्मान गरिएको छ । न्हापांगु पलाः (नेवाः मिसा पुचः ) ले राजधानीमा कार्यक्रमको आयोजना गरी सिंहलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य सिर्जना सिंहले कीर्तिपुर प्यंगःथांकी परम्परागत याकः मिसा सिंहलाई सम्मान प्रदान गरिन् ।

सम्मानित याकः मिसा लक्ष्मीकुमारीलाई महासमिति सदस्य सिंहलनेवार परम्परा अनुसार ढाकाको खास्टो ओढाई कपडा प्रदान गर्नुका साथै कदर पत्रसहित सम्मानत गरीन् । त्यस्तै पूर्व सभासद् राज्यलक्ष्मी श्रेष्ठले माल्यार्पण गरीन् भने न्हापांगु पलाःकी अध्यक्ष सिला सायमिले नगद प्रदान गरीन् ।

मन्तव्यको क्रममा संस्थाका सल्लाहकार साथै नेपाल रेडक्रस सोसाइटीका पूर्व मन्त्री संघरत्न शाक्यले ज्येष्ठ नागरिकलाई हेयको दृष्टि हेरेमा भविष्यमा आफुले पनि त्यहि नियति भोग्नुपर्ने विचार राखे । वृद्ध आमाबुबालाई छोडेर सन्तान विदेश पलायन हुने प्रवृत्तिलाई लिएर शाक्यले चिन्ता व्यक्त गरे ।

आयोजक संस्थाकातर्फबाट प्रदिप महर्जनले आजभन्दा एक हजार ६७९ बर्ष अगाडिको प्रसंग उल्लेख गर्दै याकः मिसा पद्मपाणी लोकेश्वर रातो मच्छिन्द्रनाथका प्रियसीको रुपमा रहेको इतिहास प्रस्तुत गरे ।

कार्यक्रममा संस्थाका अभिभावक एवम् सुगत महाविद्यालयका पूवं प्राचार्य तीर्थरत्न शाक्य, काठमाडौं महानगरपालिका २० वडाका सदस्य रसेल श्रेष्ठ, क्वहिति बहाल सर्वसंघका अध्यक्ष आनन्द शाक्य, संस्थाका अभिभावक निर्मल बज्राचार्य, संस्थाको दैनिक भेलामा आवद्ध ज्येष्ठ नागरिकहरुको उपस्थिति थियो ।

Categorized in समाज