गायक तुलाधरको आमाप्रति समर्पित गीत सार्वजनिक
SamacharDesk – बिकाश | २०७७ आश्विन १, बिहिबार

गायक सलिल सुन्दर तुलाधरको नेपालभाषाको गीत ‘यःमां’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आफ्नै दिवंगत आमा रुपशोभा तुलाधरलाई समर्पण गर्दै गायक तुलाधरले तयार गरेको गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
यस गीतलाई गायक तुलाधरले दिवंगत आमाको ४५ दिनको पुण्य तिथिमा रेकर्ड गरी अडियो सार्वजनिक गरेका थिए भने वार्षिक पूण्य तिथिको अवसरमा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएको म्यूजिक भिडियोमा मन्जु श्रेष्ठ, दिपक मगर र सर्निका राजोपाध्यायको अभिनय रहेको छ ।
मतिना प्रोडक्सनबाट निर्माण गरिएको म्यूजिक भिडियोको निर्देशन चर्चित म्यूजिक भिडियो निर्देशक विजु कर्माचार्यले गरेका छन् ।
छायांकन अमर चित्रकारको रहेको छ भने सह निर्देशन र भिएफएक्स महेश्वर श्रेष्ठले गरेका छन् ।
आमाको गुणको चित्रण गर्दै संसारमा हरेक सन्तानलाई सबैभन्दा माया गर्ने माया गर्ने देवी समानकी आमाको वियोग कति पीडादायी हुन्छ भन्ने भावना समेटी गीत बनाइएको छ ।
गीतको संगीत संयोजन अन्जन श्रेष्ठले गरेका छन् भने रण बहादुर ताम्राकारले गीत रचनामा सहयोग गरेका छन् ।
यस गीतका गायकका साथै संगीतकार र रचनाकार सलिल सुन्दर तुलाधरले यस अघि नेपाली संगीत क्षेत्रमा ड्याम ड्याम जस्तो चर्चित गीत पनि दिइसकेका छन् भने नेपाली चलचित्र निजर्लामा भाले मोटर, चोखो मायामा तिमी नै हौ, जस्ता गीत पनि गाउनुभएको छ ।
यस्तै नेपाल भाषा संगीत क्षेत्रमा छपलाः एल्बमको साथमा मखं त्वाःया कायमचा सँगै अरु चर्चित गीत पनि गाइसक्नुभएको छ ।
तलको लिंक क्लिक गरेर गीतको भिडियो हेर्न सक्नुहुनेछ ।
म्युजिक भिडियो क्वय् स्वयादिसँ :
Categorized in पेजथ्री
