यःसिं (इन्द्रध्वजोत्थान) ठड्याइयो
SamacharDesk | २०८१ भाद्र ३०, आइतबार
येँया (इन्द्रजात्रा) आजबाट विधिवत् रूपमा सुरु भएको छ ।
आज बिहान ८:२६ बजेको शुभ साइतमा यःसिं (इन्द्रध्वजोत्थान) ठड्याइएसँगै काठमाडौंमा ८ दिनसम्म लाग्ने इन्द्रजात्रा विधिवत् रूपमा सुरू भएको छ।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्जा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुन्छ।
भक्तपुरको चित्तपोलस्थित यस् सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले उठाउने प्रचलन छ ।
परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइएको छ। जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ ।
विशेषतः आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आजको साँझ नेवार समुदायबाट मृतकको सम्झनामा बत्ती ९पाल्चाः० दिँदै नगर परिक्रमा गर्ने पनि परम्परा रहिआएको छ ।
इन्द्रजात्राको अन्तिम दिन नानीचा याः मा लिङ्गो ९यःसिं० ढालेपछि यो जात्रा समापन भएको मानिन्छ ।
Categorized in संस्कृति