arin enterprises

यःसीं नगर प्रवेश गराइयो

SamacharDesk | २०८१ भाद्र २७, बिहिबार

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रका रौनक शुरु भएको छ ।

बुधबार नालाबाट ल्याइएको लिङ्गो (यःसीं) भोटाहिटीबाट हनुमानढोकामा प्रवेश गराइएसँगै इन्द्रजात्राको रौनक शुरु भएको छ ।

हनुमानढोकास्थित कालभैरव नजिक इन्द्रध्वजोत्थान गरी सुरु हुने येँया (इन्द्रजात्रा) चौथीका दिन इन्द्रध्वज पतनसम्म आठ दिन यो पर्व मनाउने चलन छ ।

यसबीचमा विभिन्न देवीनाच, लाखे, हलचोक भैरव, पुलुकिसीहरु पनि नचाइन्छ । जात्राका अवसरमा जात्राको मुख्य आकर्षणको रुपमा रहेको कुमारी, भैरव, गणेशको रथ जात्रा गरिन्छ ।

असोज १ गते क्वनेया अन्तर्गत उपत्यकाको तल्लो भाग र थनया असोज २ अन्तर्गत माथिल्लो क्षेत्रमा रथ जात्रा गर्ने गरिन्छ ।

जात्राको अन्तिम दिन असोज ५ गते नानीचाया अन्तर्गत किलागल क्षेत्रमा रथ जात्रा गर्ने परम्परा रहिआएको छ ।

Categorized in संस्कृति