arin enterprises

पर्वतारोहीहरुलाई कोरोना संक्रमण नभएको मन्त्रालयको प्रष्टिकरण

SamacharDesk – बिराज | २०७८ बैशाख २५, शनिबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म हिमाल आरोहणमा गएका कुनै पनि पर्वतारोहीलाई कोरोना संक्रमण नभएको दावी गरेको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै यो ऋतुमा हिमाल आरोहणमा गएका कुनै पनि पर्वतारोहीलाई हालसम्म कोरोना संक्रमण भएको नदेखिएको जनाएको हो ।

सन् २०२१ को वसन्त ऋतुमा हिमाल आरोहणका निम्ति ७९ देशबाट ८६ टोलीका जम्मा ७४५ जनाले आरोहणको अनुमति लिएको र सबैले हिमाल आरोहणसँग सम्वन्धित क्रियाकलापहरु सम्भव भएसम्मका स्वास्थ्य मापदण्डहरु पालना गरेको मन्त्रायले बताएको छ ।

साथमा आरटी पिसिआर परिक्षणमा कोभिड नेगेटिभ देखिएकालाई मात्र आरोहणको अनुमति दिइएको पनि मन्त्रालयले प्रष्ट पारेको छ ।

हरेक आरोहण टोलीसँग एक/एक जना सम्पर्क अधिकृत खटाएको जानकारी दिँदै मन्त्रालयले पर्वतारोहीहरुमा व्यापक रुपमा कोभिड १९ संक्रमण फैलिएको भनी प्रचार गरिएजस्तो अवस्था नरहेको जनाएको छ ।

सम्वन्धित निकायसँग समन्वय र सम्पर्क नगरी भ्रमपूर्ण प्रचार गरिँदा पर्वतारोही र उनीहरुको त्रास फैलिएको जनाउँदै मन्त्रालयले प्रमाणित सूचनामात्र प्रकाशन गर्न अनुरोध गरेको छ । 

Categorized in राष्ट्रिय