arin enterprises

दशअवतारले आज पनि निरन्तर भयो

SamacharDesk – कल्चर ब्युरो | २०७५ आश्विन ७, आइतबार

ईन्द्रजात्राको दोश्रो दिन आज पनि दशअवतार प्रदर्शन निरन्तर भएको छ । निरन्तरताको आशंकाका बीच आज दोश्रो दिन चारवटा अवतार प्रदर्शन गरिएको छ ।

दशअवतार प्रदर्शनको क्रममा आज आज मत्स्य अवतार, कछप, बराह र नरसिंह अवतार प्रदर्शन गरिएको हो । हिजो भने गणेश र शारदादेवी दुइवटा प्रस्तुतिमात्र प्रदर्शन गरिएको थियो ।

विगतका वर्षहरुमा दिनको ७–८ वटा अवतार प्रदर्शन गर्ने गरिएकोमा यसपाली भने कम मात्र प्रस्तुति प्रदर्शन भएको देखिएको छ ।

व्यवस्थित रुपमा दशअवतार प्रदर्शन गर्ने वातावरण नभएको अवस्थामा यसपाली उपलब्ध श्रोतसाधनको सक्दो सदुपयोग गर्दै प्रदर्शनलाई टुट्नमात्र नदिएको दशअवतार कलाकार समूहले जनाएको छ ।

दुई दिन निरन्तर भइसकेको अवस्थामा बाँकि सबै दिन प्रदर्शनीलाई निरन्तर गर्न सकिने हो वा होइन भन्ने विषयमा अझै पनि आफुहरुले यकिनसाथ भन्न नसकिने कलाकार समूहको  भनाई छ ।

 

तलको लिंकमा क्लिक गरी यी समाचारहरु पनि पढ्नुहोला :

 

इन्द्रजात्राको दश अवतार बन्द हुने अवस्थामा

 दशअवतार प्रदर्शनले निरन्तरता पायो

Categorized in संस्कृति