arin enterprises

नभ्यको गीतको लिरिकल भिडियो सार्वजनिक

SamacharDesk – समाचारडेस्क – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आषाढ १८, सोमबार

लुःजः ईन्टरटेनमेन्टको व्यानरमा बन्दै गरेको नेपाली कथानक चलचित्र ‘नभ्य’को गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र नभ्यको गीत ‘नशामा’को लिरिकल भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा गायिका रिमा गुरुङको स्वर रहेको छ । गीतमा संगीत सुमन कपालीको रहेको छ भने रचना चलचित्रका निर्देशक विप्लप पोखरेलकै रहेको छ ।

पोष्ट प्रोडक्सनको अन्तिम चरणको काम भइरहेको बेला गीत सार्वजनिक गरिएको हो । हाल उक्त चलचित्रको साउन्ड र कलर करेक्सनको काम अन्तिम चरण पुगेको छ ।

चाँडै नै चलचित्रको टिजर र प्रोमो पनि सार्वजनिक हुने चलचित्रका निर्माता लुःजः सिंहले समाचारडेस्कलाई बताउनुभयो । ‘हामी चाँडै नै चलचित्र रिलिज गर्ने तयारीमा छौं । सोभन्दा अघि, अहिले नशामा गीत सार्वजनिक गर्यौं । अब चाँडै नै प्रोमो, टिजरको साथमा अन्य गीतहरु पनि सार्वजनिक हुनेछ’ लुःजः सिंहले जानकारी दिनुभयो ।

चलचित्रका निर्माता लुःजः सिंह नेपाली चलचित्रका साथमा म्यूजिक भिडियो क्षेत्रका मानिएका सिनेमाटोग्राफर हुन् । यस चलचित्रको सिनेमाटोग्राफी पनि सिंह आफैंले नै गरेका छन् ।

चलचित्रमा आशिष्मा नकर्मी, प्रेक्षा अधिकारी, प्रशन्न गोपाली, विकास न्यौपाने लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

 

 

Categorized in पेजथ्री