arin enterprises

नाइजेरियामा पेट्रोल ट्यांकर जल्दा ९को मृत्यु

SamacharDesk – समाचारडेस्क – इन्टरनेशनल ब्युरो | २०७५ आषाढ १७, आइतबार

नाइजेरियाको लागोसमा पेट्रोल बोकेको एउटा ट्यांकरमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

घटनामा ५० भन्दा बढी अन्य सवारी–साधनहरु पनि जलेका छन् । ट्यांकरमा एक्कासि आगलागी भएपछि आगो एउटा सवारी साधनबाट अर्कोमा सल्कँदै गएको थियो ।

घटनामा थुप्रै व्यक्ति जलेर घाइते भएका छन् ।

नाइजेरियामा तेल बोक्नेक्रममा धेरै आगलागीका घटना हुने गरेका छन् । विश्वमा तेल उत्पादन गर्ने अफ्रिकी मुलुकहरुमध्ये नाइजेरिया पहिलो स्थानमा रहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय