arin enterprises

बलिउड कलाकार इरफान खानको निधन

SamacharDesk – विकाश | २०७७ बैशाख १७, बुधबार

बलिवुड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बइको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

उनलाई के समस्या थियो भन्ने बारे भने केही खुलाइएको छैन । 

इरफानका एक प्रवक्ताले भने उनलाई कोलोन इन्फेक्सन भएको बताएको बीबीसीले जनाएको छ ।

गत ५ मार्चमा भने इरफानले ट्वीटरमा ट्वीट गर्दै न्यूरोएन्डोक्राइन ट्यूमर भएको बताएका थिए ।

गत वर्ष २०१९ मा इरफान लन्डनमा उपचार गराई भारत फर्केका थिए । लन्डनबाट फर्केपछि उनी कोकिलाबेन अस्पतालका चिकित्सकहरुको निगरानीमा उपचार र रुटीन चेकअप पनि गराउँदै आएका थिए ।

‘अंग्रेजी मीडियम’ फिल्मको सुटिङको क्रममा पनि सुटिङमै पनि उनलाई स्वास्थ्य समस्या भएर सुटिङ नै रोक्नुपर्ने अवस्थासम्म आउने बताइएको छ । 

केही दिन अघिमात्रै उनको आमाको पनि निधन भएको थियो । लकडाउनका कारण उनी आफ्नो आमाको अन्तिम यात्रामा पनि सहभागी हुन पाएका थिएनन् । भिडियो कलको माध्यमबाट इरफान आमाको अन्तिम यात्रामा जोडिएका थिए ।

बलिउडका प्रतिभावान कलाकारको रुपमा चिनिने इरफानले हलिउड चलचित्रमा समेत अभिनय गरेका छन् ।

Categorized in पेजथ्री