मेलम्चीको पानी चैत्र मसान्तभित्र काठमाडौंको धारामा
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १०, मंगलबार

काठमाडौंवासीले मेचलम्चीको पानी चैत्र मसान्तभित्रै खान पाउने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी चैत्र मसान्तभित्रै अस्थायी रुपमा काठमाडौं ल्याउने जनाएको छ । असार र साउनमा आएको बाढीले आयोजनाको मुख्य सुरुङ, सहायक सुरुङ टालिएको थियो भने हेडवक्र्स पुरिएको थियो ।
त्यसपछि गत माघ दोस्रो साताबाट आयोजनाले नदि सफाईको काम अघि बढाएको थियो । बाढीले बगाएर ल्याएको स्थानमा ठूला चट्टान फुटाउनका लागि नेपाली सेनाले काम गरिरहेको छ भने आयोजनाले सरसफाईको काम अघि बढाएको छ ।
बाढीका कारण पानी पथान्तरणको मुख्य सुरुङ पुरिएको थियो । अन्य सहायक सुरुङको मुख समेत थुनिएकोले आयोजनाले सरसफाई गरिसकेको र पानी पठाई निरीक्षण गर्न बाँकी रहेको जानकारी दिएको छ ।
सुरुङको सरसफाई र निरिक्षण समयमै सकिए चैत्र मसान्तसम्ममा काठमाडौंमा अस्थायी रुपमा पानी ल्याउन सकिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय