अमेरिका पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने ११ जना पक्राउ
SamacharDesk | २०८० फाल्गुण ४, शुक्रबार

अमेरिका पठाइदिने प्रलोभनमा पारी भारतीय नागरिकलाई काठमाडौंमा ल्याएर बन्धक बनाउने नौ जनाको गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
भारतको हरियाणा र पंजावका ११ जनालाई अमेरिका पठाउने प्रलोभन देखाई काठमाडौँ ल्याएर बन्धक बनाएर ठगी गर्नेहरुलाई काठमाडौं जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय चरणजित सिंह, ४७ वर्षीय मनिषकुमार मल्होत्रा, अशोक कुमार, ५१ वर्षीय निपुन गुप्ता, ५८ वर्षीय इन्दुसिंह यादव, ४८ वर्षीय रामचन्द्र शर्मा र नेपाली नागरिक २५ वर्षीय लक्ष्मण गिरीलाई सार्वजनिक गरिएको हो ।
भारतीय नागरिकहरुलाई विभिन्न मितिमा काठमार्डौ ल्याई रातोपुलस्थित एउटा घरमा बन्धक बनाई राखेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
गिरोहले ११ जना भारतीय नागरिकबाट प्रति ब्यक्ति ४० देखि ५० लाख भारुसम्म असुलेको थाहा भएको पनि प्रहरीले जनाएको छ । काठमाडौं आएपछी ३–३ हजार डलर बराबरको रकम बुझाएका उनीहरुलाई प्रहरीको रोहबरमा उद्धार गरिएको छ ।
रातोपुलस्थित भाडाको घरका हातखुट्टा बाँधेर राख्ने गरेको र परिवारजनसंगको कुराकानीमा अमेरिका जाने तयारीमा रहेको भन्दै नक्कली बोर्डिङ पास समेत देखाउने गरेको पनि प्रहरीको भनाइ छ ।
प्रहरीले सो गिरोहबाट उनीहरुको पासपोर्ट र उनीहरुले असुलेको करौडौं रकम पनि बरामद गरेको छ । पीडितहरुलाई हाल काठमाडौंको होटेलमा राखिएको छ भने स्वदेश फर्काउन भारतीय दुताबाससंग समन्वय भईरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध