६० किलो गाँजासहित दुई जना पक्राउ
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० पौष २७, शुक्रबार

उदयपुरमा ६० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका–७ देउलीकुनाबाट ६० किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
ताप्ली गाउँपालिका–२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोक बहादुर राईलाई उक्त गाँजासहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रीस्कु कटारीबाट खटिएको प्रहरीको टोलीले ती दुईलाई पक्राउ गरेको हो । ३ वटा बोरामा उक्त परिमाणको गाँजा बोकी लैजाँदै गरेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरिएको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध