ईलामबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ आश्विन १८, सोमबार

इलामबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित २ जना पक्राउ परेका छन् ।
ईलाम सूर्योदय नगरपालिका–६ हर्कटे चोकबाट उक्त रकमसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ईलाम नगरपालिका–१० फिक्कल बस्ने ३५ वर्षीय अनुप अग्रवाल र ईलाम नगरपालिका–८ बस्ने ५१ वर्षीय कर्ण कठायत रहेका छन् ।
फिक्कलबाट झापातर्फ जाँदै गरेको मे.१ च ६४२४ नम्बरको कारलाई प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद बरामद गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि राजस्ब अनुसन्धान कार्यालय इटहरी पठाइने प्रहरीले जनाएको छ ।
Categorized in अपराध