arin enterprises

२०२८को युरोकप यूके र आयरल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २३, मंगलबार

सन् २०२८ को युरोकप यूके र आयरल्याण्डले  संयुक्त रुपमा आयोजना गर्ने घोषणा गरेको छ ।

युरोपेली फुटबल महासंघ (यूईएफए)ले सन् २०२८ को युरोकप यूके र आयरल्याण्डलाई संयुक्त रुपमा आयोजना गर्न दिने निर्णय गरेको हो ।

टर्की युरोकप आयोजना गर्ने दाबीबाट पछि हटेपछि यूके र आयरल्याण्डको पक्षमा निर्णय भएको हो ।

रिपब्लिक अफ आयरल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सले अहिलेसम्म मुख्य फुटबल प्रतियोगिता आयोजना गरेका छैनन् ।

युरो कप २०२८ का खेलहरु विभिन्न १० फरक रंगशालामा आयोजना हुनेछ ।

कार्डिफका प्रिन्सिपलिटी स्टेडियममा युरोकपको उद्घाटन खेल हुने र फाइनल खेल लण्डनको वेम्वली गर्ने तयारी रहेको बुझिएको छ ।

Categorized in स्पाेर्ट्स